१९ माघ, २०८१ शनिबार
06:44:36 AM
१३ साउन, २०७९
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज (शुक्रबार) प्रतिवेदन बुझाएको छ ।
समितिका सभापति लक्ष्मणलाल कर्णले संघीय संसद् भवनस्थित कार्यकक्ष पुगेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउनुभएको हो । सभापति कर्णले उक्त प्रतिवेदन शुक्रबारको प्रतिनिधिसभा बैठकमा पनि पेस गर्नुहुने छ ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दायरा हेरफेर गरेको आरोपपछि शर्मामाथि छानबिन गर्न असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । शुरुमा १० दिनको कार्यावधि पाएको समितिको म्याद ७ दिन थपिएको थियो ।