२६ बैशाख, २०८१ बुधबार

11:41:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षममा नेपालीले खाए ३ करोड १४ लाखको पान

१३ साउन, २०७९

एक वर्षममा नेपालीले खाए ३ करोड १४ लाखको पान

काठमाडौँ । गत आर्थिक वर्ष २०७८।७९ मा नेपालले ३ करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको छ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्ममा नेपालीले उक्त मूल्य बराबरको पानको पात खाएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार नेपालले उक्त मूल्यमा १ लाख ५३ हजार १०३ केजी पानको पात आयात ष्रेको छ । नेपाल आयात हुने सबै पानको पात भारतबाट आउने गरेको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा नेपालले भारतबाट २ करोड ३७ लाख ९४ हजार रुपैयाँमा १ लाख ३३ हजार ५७३ केजी पानको पात आयात गरेको थियो ।