२३ बैशाख, २०८१ आइतबार

05:27:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मकै जोन कार्यक्रमबाट किसान उत्साहित

Nepal Business

३० पुस, २०७८

मकै जोन कार्यक्रमबाट किसान उत्साहित

ताप्लेजुङ 
ताप्लेजुङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम लागू भएको छ । 
यो कार्यक्रम लागू भएसँगै यहाँका किसान उत्साहित भएका छन्  । चालु आर्थिक वर्षदेखि जिल्लाको ६१ वडामध्ये २० वटामा यो कार्यक्रम पहिलोपटक लागू भएको हो । यसको प्रभावकारी कार्यान्वयनका लागि सन्तोष भट्टराईको संयोजकत्वमा ९ सदस्यीय सञ्चालन समन्वय समिति गठन गरिएको छ ।
समितिको सदस्यमा बालकुमारी कार्की भट्टराई, यज्ञकुमारी पौडेल, कुमारी न्यौपाने, जीवन सिग्देल, दीपक थापा, रञ्जित माबो लिम्बू र कमलकुमार राई छन । जिल्लाको नौ स्थानीय तहमध्ये फुङलिङ नगरपालिकासहित सिदिङ्वा गाउँपालिका, मिक्वाखोला, पाथीभरा याङ्वरक र सिरिजंघा गाउँपालिकासमेत पाँच स्थानीय तहका २० वटा वडाले मकै जोन कार्यक्रम कार्यान्वयन गरेको छ । 

पहिलो वर्ष उक्त वडाका ४ सय ७५ हेक्टर क्षेत्रफलमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालयले जनाएको छ । 

पहिलो वर्ष उक्त वडाका ४ सय ७५ हेक्टर क्षेत्रफलमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालयले जनाएको छ । यस्तै, अलैँची जोन कार्यक्रम भने ०७५÷७६ देखि नै लागू भएको हो ।  फुङलिङ नगरपालिकासहित मैवाखोला गाउँपालिका, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिबेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजंघा गाउँपालिकाका ३९ वडामा यो कार्यक्रम लागू गरिएको हो । अलैँची जोन कार्यक्रमअन्तर्गत क्षेत्र विस्तार गरेर हालसम्म १ हजार २ सय ३८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ ।
उक्त क्षेत्रमा गरिएको अलैँची खेतीबाट ७३०.५ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको जोन कार्यालयका प्रमुख निमित्त वरिष्ठ कृषि अधिकृत काशीराम पाण्डेले बताउनु भयो ।
 रासस