१९ फागुन, २०८१ सोमबार
11:05:21 AM
१३ साउन, २०७९
काठमाडौं । यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि उडेको ६ मिनेटमै पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो ।
पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो ।