१९ फागुन, २०८१ सोमबार

11:02:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जनार्दन शर्मा प्रकरणः छानबिन समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउने

१३ साउन, २०७९

जनार्दन शर्मा प्रकरणः छानबिन समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले आज (शुक्रबार) सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको आरोप छ ।

सिंहदरबार बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका बिषय र सहमति जुट्न नसकेका बिषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन तयार गरेको हो ।

उहाँमाथि छानबिन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो । शुरुमा १० दिनको कार्यावधि पाएको समितिको म्याद ७ दिन थपिएको थियो । समितिको म्याद बिहीबार नै सकिएको छ ।