९ मंसिर, २०८१ आइतबार
06:00:12 PM
१२ साउन, २०७९
“यसअघि आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाइएको छ । सो पार्टीले वैधानिकता पाएको छ”
काठमाडौँ,
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएको डा बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ ।
सो समूहले विहिबार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गराएको हो । आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरिएको डा भट्टराई निकट नेता रमेश पोखरेलले जानकारी दिनुभयो ।

“यसअघि आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाइएको छ । सो पार्टीले वैधानिकता पाएको छ”, उहाँले भन्नुभयो ।
सो पार्टीको निर्वाचन चिह्न आँखा रहेको छ । पार्टीको पहिलो बैठकबाट पदाधिकारी टुङ्ग्याउने उहाँले बताउनुभयो । “एक÷दुई दिनमै पार्टीको बैठक बस्छ, त्यसले नेतृत्वसहित पदाधिकारीको टुङ्गो लगाउँछ”, नेता पोखरेलले भन्नुभयो