१९ माघ, २०८१ शनिबार
06:56:46 AM
१२ साउन, २०७९
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले विहिबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका सन्दर्भमा ठगीमा परेका, तोकिएभन्दा बढी पैसा दिन बाध्य पारिएका तथा विदेशमा अलपत्र परेका व्यक्तिलाई तत्काल सरकारको सम्पर्कमा आउन आग्रह गर्नुभएको छ ।
काठमाडौँ,
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका अनियमितता एवं गैरकानूनी क्रियाकलाप नरोके हदैसम्मको कारबाही गरिने जनाएको छ ।
वैदेशिक रोजगारीका नाममा नेपाली युवासँग चर्को रकम असुल्ने गरेको, रकम लिएर विदेश नपठाएको, विदेशमा अलपत्र पारेकोलगायत विषयलाई सरकारले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको जनाउँदै मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो ।

वैदेशिक रोजगारीका सिलसिलामा गैरकानूनी एवं अमर्यादित क्रियाकलाप न्यूनीकरण गर्न मन्त्रालय र विभागबाट सुक्ष्म अनुगमन र अनुसन्धान भइरहेको जनाउँदै मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका अनियमितता एवं गैरकानूनी क्रियाकलाप तुरुन्त नरोकेमा हदैसम्मको कारबाही हुने जनाएको छ ।