२२ माघ, २०८१ मंगलबार

10:45:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दैनिक २० किलो सुनको मुल्य करिब १६ करोड

३० पुस, २०७८

बजारको माग दैनिक ३० किलो, कहाँ जान्छ यति धेरै सुन ?

दैनिक २० किलो सुनको मुल्य करिब १६ करोड

काठमाण्डौं

केशव आचार्य

पछिल्ला दिनहरुमा नेपालमा सुनको माग उच्चदरले बढिरहेको छ । मानिसको आयमा भएको बृद्धि, आर्थिक विकास, शहरीकरण तथा वैदेशिक रोजगारीको कारण सुनको माग बढिरहेको छ । तर आपूर्ति भने कम छ । जसका कारणले सुन व्यवसायीहरुले माग अनुसारको आपूर्ति हुनुपर्ने सरकारसँग माग गर्दै आएको थियो । 

यसै सन्दर्भमा सुन व्यवसायीहरुसँग बुधबार गृहमन्त्री बालकृष्ण खाँणले छलफल गर्नुभएको थियो । सो छलफलमा व्यवसायीहरुले ऐन तथा कानूनको आवश्यकता औल्याइएका थिए । 
नेपालमा हाल २० केजी खपत भैरहँदा दैनिक १५ करोड ८९ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भैइरहेको छ । यो प्रतितोला ९२ हजार सात सय रुपैयाँलाई आधार मान्दा आउने मूल्य हो । एक केजीमा ८५.७४ तोला सुन हुन्छ । 
दैनिक २० केजी सुन खपत भैइरहँदा पनि अपुग भएकाले व्यवसायीहरुले ३० केजी सुन दैनिक कारोबार गर्न पाउनु पर्ने भन्दै माग गरेका हुन् । ३० केजीको मूल्य भने २३ करोड ८४ लाख ४२ हजा रुपैयाँ पर्छ । 

सुन व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य दैनिक ३५÷४० केजीको माग रहेको बताउनु हुन्छ । उहाँले २० केजी सुन त २५ हजार व्यवसायीलाई २ आना पनि नपर्ने बताउनु भयो । 
महासंघका अध्यक्ष मनिकरत्न शाक्यले २०६६ सालदेखि दैनिक १० किलोका दरले कोटा प्राणली लागु  भएको भएपनि अहिले सम्म आइपुग्दा २० केजी मात्र कोटा हुनु उचित नभएको बताउँनु भयो ।


सुन व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य दैनिक ३५÷४० केजीको माग रहेको बताउनु हुन्छ । उहाँले २० केजी सुन त २५ हजार व्यवसायीलाई २ आना पनि नपर्ने बताउनु भयो ।  महासंघका अध्यक्ष मनिकरत्न शाक्यले २०६६ सालदेखि दैनिक १० किलोका दरले कोटा प्राणली लागु  भएको भएपनि अहिले सम्म आइपुग्दा २० केजी मात्र कोटा हुनु उचित नभएको बताउँनु भयो ।


 उहाँले भन्नुभयो, ‘नेपालको जनसंख्या र बढ्दो सहरीकरण, अर्थतन्त्रको विकासका कारणले पनि अहिलेको कोटा पर्याप्त छैन।  अहिलेको माग ३० केजी हो । सिजनमा भने यसको माग ४०÷६० केजी भन्दा बढी रहेको छ । अहिले यहि २० केजी र ३० केजीबीचको  १० केजीको ग्यापमा तस्करीहरुले खेलिरहेका छन् ।’
आयातको कोटा कम गर्दा सुनको तस्करी बढेको र आपराधिक गतिविधि मौलाएको उहाँहरुको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले माग र आपुर्ति बीचको गहिरो खाडलले अवैध सुन आयात बढेको जनाएको छ ।
 सरकारले माग अनुसारको सुनको आयातमा कोटा बढाइदिनु पर्ने तर कर जति लिएपनि आफुहरुलाई समस्या नहुँने व्यवसायीहरुको भनाई छ । सुनचाँदी सम्बन्धी ऐन बनाउनुपर्ने तथा ज्याला तथा जर्ती बढाउनुपर्ने  माग व्यवसायीहरुको छ । 
देशभर हाल २५  हजार भन्दा बढी सुनचाँदी व्यवसायी छन भने यस क्षेत्रबाट करिब २ लाख जनाले प्रत्यक्ष रोजगारी पाएको उँहाले जानकारी दिनुभयो । उँहाका अनुसार यो रोजगारी सिर्जनाको थलो पनि हो । 
सरकारलाई वार्षिक १० अर्बको हारहारीमा राजस्व बुझाउदै आएको व्यवसायीहरु बताउनुहुन्छ