२३ बैशाख, २०८१ आइतबार

06:00:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गण्डकी प्रदेशसभा चौथो संशोधन नियमावली बहुमतले पारित

Nepal Business

१२ साउन, २०७९

यसअघि मन्त्रीहरूको मताधिकार हुन नहुने विषयमा सबै एकमत जस्तै भएकामा सरकार फेरिएपछि एकमत कायम हुन नसकेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशसभा चौथो संशोधन नियमावली बहुमतले पारित

गण्डकी

गण्डकी प्रदेशसभाको विहिबारको बैठकले प्रदेशसभा चौथो संशोधन नियमावली २०७९ बहुमतले पारित गरेको छ ।

बैठकमा मस्यौदा समितिका सभापति ओमकला गौतमले समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको चौथो संशोधन मस्यौदा पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।

बैठकमा मस्यौदा समितिका सभापति ओमकला गौतमले समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको चौथो संशोधन मस्यौदा पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।

संशोधन मस्यौदामा समितिको बैठकमा मन्त्रीको मताधिकार रहने सम्बन्धमा प्रतिपक्षी दल नेकपा (एमाले)ले फरक मत राखेको थियो । बैठकमा प्रदेशसभा सदस्य मायानाथ अधिकारीले मन्त्रीको मताधिकारका कारण समितिको बैठक प्रभावित हुने गरेको बताउनुभयो । 

यसअघि मन्त्रीहरूको मताधिकार हुन नहुने विषयमा सबै एकमत जस्तै भएकामा सरकार फेरिएपछि एकमत कायम हुन नसकेको उहाँले बताउनुभयो । 

मन्त्रालयको नाम, नक्सालगायतका विषयमा विवाद नरहेको उहाँले स्पष्ट पार्नुभयो ।