२१ बैशाख, २०८१ शुक्रबार

08:45:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घाटाको व्यापार गर्दै नेपाल वायुसेवा निगम, पौने ५ अर्ब पुग्यो घाटा

Nepal Business

१२ साउन, २०७९

निगम अध्यक्ष भइसकेपछि अधिकारीले १ सय जनाभन्दा बढी कर्मचारीहरु करारमा भर्ना गरेको तथा विभिन्न शीर्षकमा अनावश्यक खर्च गरेपछि घाटा बढेको हो ।

घाटाको व्यापार गर्दै नेपाल वायुसेवा निगम, पौने ५ अर्ब पुग्यो घाटा

काठमाडौं । 

नेपाल वायुसेवा निगमको घाटाको व्यापार गरिरहेको छ । उसको घाटा  गत आवमा पौने ५ अर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो आवसम्ममा ३ अर्ब ६६ करोड रुपैयाँ घाटामा रहेको निगमको घाटा गत आवमा १ अर्ब १३ करोड रुपैयाँले बढेर ४ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो आवसम्ममा ३ अर्ब ६६ करोड रुपैयाँ घाटामा रहेको निगमको घाटा गत आवमा १ अर्ब १३ करोड रुपैयाँले बढेर ४ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो ।

निगमका अध्यक्ष युवराज अधिकारी केही दिन अघि निगमले ८ अर्ब २८ करोड रुपैयाँ आम्दानी गरेको र आफू आएपछि वित्तीय अवस्था सुधार भएको बताएका थिए ।

तर अधिकारीको भनाइ विपरीत गत आवमा नेपाल वायु सेवा निगमको अनुमानित वित्तीय विवरणमा भने अधिकारीको पालामा घाटा अझ बढेको देखिएको हो ।

निगमको घाटा आर्थिक वर्ष २०७७÷७८ मा कुल ३ अर्ब ६६ करोड ३० लाख रुपैयाँ र आव २०७६÷७७ मा ३ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ थियो ।

निगम अध्यक्ष भइसकेपछि अधिकारीले १ सय जनाभन्दा बढी कर्मचारीहरु करारमा भर्ना गरेको तथा विभिन्न शीर्षकमा अनावश्यक खर्च गरेपछि घाटा बढेको हो ।

गत आवमा निगमले अपरेटिङ आम्दानी वापत १२ अर्ब ४५ करोड ७३ लाख रुपेयाँ आम्दानी गरेको छ ।