१९ माघ, २०८१ शनिबार

06:48:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थमन्त्रीमाथिको छानबिन : अनाधिकृत व्यक्तिको संलग्नता नभेटिएको संसदीय समितिको निष्कर्ष, एमालेका सदस्यको फरक मत

Nepal Business

१२ साउन, २०७९

सभामुखलाई बुझाउनुअघि वा बुझाएर संसदमा पेश गर्नुअघि पनि निष्कर्षको भाषा फेरिन सक्ने समितिका एक सदस्य बताउँछन् ।

अर्थमन्त्रीमाथिको छानबिन : अनाधिकृत व्यक्तिको संलग्नता नभेटिएको संसदीय समितिको निष्कर्ष, एमालेका सदस्यको फरक मत

काठमाडौं । 

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ ।

समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ लेखिएको छ ।

समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ लेखिएको छ ।

यसमा सत्तापक्षमा रहेका सांसदहरु एकमत भएका छन् भने प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले फरक राय दिएका छन् ।

खगराज अधिकारी, भानुभक्त ढकाल लगायतका एमाले सांसदहरुले आ–आफ्ना राय राखेका थिए । बैठकपछि खगराज अधिकारीले पत्रकारहरुसँग भने, ‘प्रतिवेदनमा आ–आफ्ना कुराहरु छन् । कतिपयमा सर्वसम्मति छ । कतिपयमा छलफल नै बाँकी छ ।’

समिति सदस्यहरुका अनुसार एमालेका सांसदहरुले नै आ–आफ्ना तरिकाले फरक मत राखेका छन् । सबैका फरक मतलाई राखेर तयार प्रतिवेदन शुक्रबार सभामुख अग्नि सापकोटालाई बुझाइनेछ । 

तर सभामुखलाई बुझाउनुअघि वा बुझाएर संसदमा पेश गर्नुअघि पनि निष्कर्षको भाषा फेरिन सक्ने समितिका एक सदस्य बताउँछन् ।