१९ माघ, २०८१ शनिबार

06:28:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फोहोरमैला व्यवस्थापनका लागि ६५ करोडको उद्योग खोल्दै काठमाडौं महानगरपालिका

१२ साउन, २०७९

फोहोरमैला व्यवस्थापनका लागि ६५ करोडको उद्योग खोल्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न आधुनिक उद्योग खोल्ने भएको छ । आर्थिक वर्ष २०७९।८० को बजेट अनुसार महानगरले ६५ करोडको लगानीमा आधुनिक उद्योग खोल्ने भएको हो ।

महानगरले कच्चा पदार्थ खरिद तथा व्यवस्थापनका गर्न २५ करोड खर्च गर्ने भएको छ । चालु आर्थिक वर्षमा महानगरले फोहोरमैला व्यवस्थापनका लागि मात्रै  ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ । आन्तरिक स्रोतबाट खर्च गर्ने गरी महानगरले डोजर, लोडर र गाडी भाडाका लागि बजेट विनियोजन गरेको हो ।

बञ्चरेडाँडामा फोहोर बोकेको गाडी धुनका लागि वासिङ सेन्टर निर्माण गर्न महानगरले १ करोड बजेट छुट्टयाएको छ ।

महानगरले घर–घरमै कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन सहुलियतमा कम्पोष्ट विन वितरण गर्ने भएको छ । जसका लागि महानगरले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।