१९ माघ, २०८१ शनिबार

06:55:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भदौ १ गतेदेखि बञ्चरेडाँडामा फोहोर फाल्न बन्द गर्ने चेतावनी

१२ साउन, २०७९

भदौ १ गतेदेखि बञ्चरेडाँडामा फोहोर फाल्न बन्द गर्ने चेतावनी

काठमाडौं । भदौ १ गतेदेखि काठमाडौंको फोहोर बञ्चरेडाँडा फाल्न बन्द हुने भएको छ । बञ्चरेडाँडा र सिसडोल बासिन्दाले काठमाडौंको फोहोर लान नदिने चेतावनी दिएका हुन् । सरकारले हालसम्म पनि सहमतिअनुसार आफ्ना मागहरु पूरा नगरेको भन्दै स्थानीयहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएका हुन् ।

जेठ २७ गते भएको सम्झौता कार्यान्वयन गर्न सरकार र काठमाडौं महानगरपालिकाले हालसम्म कुनै पनि कदम नचालेकाले भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोर फाल्न नदिने निर्णय गर्नुपरेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताउनुभयो ।

सरकारले पटकपटक सिसडोल र बञ्चरेडाँडाका बासिन्दालाई धोका दिँदै आएकाले आफूहरू नयाँ चरणको आन्दोलन सुरू गर्न बाध्य हुनुपरेको संयोजक ढुंगानाको भनाइ छ ।

ढुंगानाले भन्नुभयो, ‘हाम्रा माग सुनुवाइ होस् भनी नेपाल सरकार, राजनीतिक दलहरू, प्रशासनिक तथा न्यायिक निकाय, काठमाडौं महानगरपालिकासमेत सम्बन्धित सबैलाई हामीले अन्तिमपटक अनुरोध गर्दैछौं, साउन ३१ गतेसम्म हाम्रा माग सम्बोधन गर्न सुरू नभए भदौ १ गतेदेखि बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोर फाल्न सधैंका लागि बन्द गर्ने छौं ।’

संघर्ष समितिले हिजो (बुधबार) सहरी विकास मन्त्री मेटमणि चौधरीलाई ज्ञापनपत्र बुझाएर छन् । त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र बुझाउने तयारी गरेको तर उहाँहरुको समय नमिलेका कारण आइतबारसम्म पत्र बुझाइने संयोजक ढुङ्गानाले जानकारी दिनुभयो ।