१९ माघ, २०८१ शनिबार
07:55:59 AM
१२ साउन, २०७९
पर्सा । स्रोत नखुलेको ५ लाख ८८ हजार रूपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट प्रहरीले स्रोत नखुलेको उक्त रकम सहित भारत घर भएका ५२ वर्षीय सुरेन्द्र कुमार गुप्तालाई पक्राउ गरेको हो ।
भारतबाट वीरगन्जतर्फ आउँदै गरेको बा ५६ प ५५० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुप्तालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।