७ जेठ, २०८१ सोमबार

01:07:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमालेले माग्यो केन्द्र देखी स्थानीयतह सम्मका सबैको सम्पत्ति विवरण

Nepal Business

३० पुस, २०७८

एमालेले माग्यो केन्द्र देखी स्थानीयतह सम्मका सबैको सम्पत्ति विवरण

 काठमाण्डौ,
नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।
आयोगका अध्यक्ष केशव बडालले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन–१ मा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ बमोजिम पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेतलाई यही पुस १४ गतेदेखि गणना हुने गरी ६० दिनभित्र आयोगसमक्ष उक्त विवरण पेश गर्न निर्देशन दिइएको हो ।
आयोेगले पार्टीभित्र अनुशासन पालनाका लागि आचारसंहिताको मस्यौदा पनि तयार गरिरहेको छ । आयोगका सचिव भरत पहारीले तयार गर्नुभएको मस्यौदामाथि थप छलफल गरेर पारित गरिने जनाइएको छ । रासस