१६ कार्तिक, २०८१ शुक्रबार
11:16:12 AM
११ साउन, २०७९
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दोस्रो चरणको संघर्षका कार्यक्रम अन्तर्गत महँगीविरुद्ध थाल ठटाउदै प्रदर्शन गरेको छ । दोस्रो चरणको पहिलो कार्यक्रम अन्तर्गत राप्रपाले बुधबार काठमाण्डौंको भृकुटीमण्डपका साथै सबै जिल्लाका सदरमुकाममा महँगीविरुद्ध ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गरेको हो ।
काठमाण्डौंको भृकुटीमण्डपमा राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले प्रदर्शन गरेका थिए ।
दैनिक उपभोग्य बस्तु महँगो भएर जनजिवन नै प्रभावित भएको भन्दै जनतालाई ब्युँझाउन र शासकलाई गम्भीर बन्न आवाज सुनाउने गरी थाल ठटाउदै प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।
यसअघि राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । महँगी नियन्त्रण गर्न नसकेको, बजेट हेरफेर गरेको लगाएतका बिषयमा राप्रपाले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।