२० बैशाख, २०८१ बिहिबार

10:38:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चलचित्र बोर्डको अध्यक्षमा केसीले गरे पदवहाली

Nepal Business

११ साउन, २०७९

चलचित्र बोर्डको अध्यक्षमा केसीले गरे पदवहाली

काठमाण्डौं । चलचित्र विकास बोर्ड नेपालको अध्यक्ष पद मनोनित हुनुभएका भुवन केसी पदवहाली गर्नुभएको छ । बुधबार चावहिलस्थित बोर्डको कार्यालयमा अभिनेता केसीले अध्यक्षको रुपमा पदभार ग्रहण गर्नुभएको हो ।

पदभारपछि केसीले सवैसँग छलफल गरेर आगामी कार्ययोजना बनाउने बताउनुभयो । बोर्डको सेवालाई नियम कानूनको परिधिभित्र बसेर सहज ढंगले अघि बढाउने उहाँले बताउनुभयो । 

उहाँले सरकारले आफुलाई दिएको जिम्मेवारीलाई प्रतिवद्ध भएर अघि बढाउने जिकिर गर्नुभयो । यसअघिका अध्यक्षले सुरु गरेको कार्ययोजनालाई निरन्तरता दिने र आफ्नो नयाँ कार्ययोजना ल्याउने उहाँको भनाई छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई बर्षका लागि बोर्डको अध्यक्षमा केसीलाई मनोनित गरेको थियो ।