२२ माघ, २०८१ मंगलबार

10:39:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धोबीखोला फोहर र अव्यवस्थित ढल व्यवस्थापन गर्न मन्त्रीको निर्देशन

Nepal Business

२९ पुस, २०७८

धोबीखोला फोहर र अव्यवस्थित ढल व्यवस्थापन गर्न मन्त्रीको निर्देशन

२९ पुस । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोर तथा वरपर क्षेत्रमा देखिएका फोहर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ । 

मन्त्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन । 

धोबीखोला करिडोरको अनुगमनका क्रममा उहाँले करिडोर तथा त्यस आसपास क्षेत्रमा देखिएका समस्या समाधानमा अविलम्ब केन्द्रित हुन सम्बद्ध निकायलाई आग्रह गर्दै आफू केही दिनपछि पुनःअनुगमनमा आउने बताउनुभयो । मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । 

मन्त्री झाँक्रीको नेतृत्वमा मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले त्यस क्षेत्रको निरीक्षण गरेको हो । टोलीले बाटोको अवस्था, ढल, फोहर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्थालगायतको अवलोकन गरेको थियो । बबरमहलबाट सुरु गरिएको अनुगमन बूढानीलकण्ठ पुगेर सम्पन्न भएको थियो ।