२१ बैशाख, २०८१ शुक्रबार

11:08:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नौ लाख मूल्यका खाद्य वस्तु नष्ट, ३१ पटक बजार अनुगमन

Nepal Business

१० साउन, २०७९

कार्यालय प्रमुख भेषबहादुर थापाले बजारमा म्याद गुज्रेका, मिसावट गरेका र सडेगलेका सामानसमेत बिक्री गर्ने गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण ऐनबमोजिम कारबाही गरिएको जानकारी दिनुभयो ।

नौ लाख मूल्यका खाद्य वस्तु नष्ट, ३१ पटक बजार अनुगमन

कर्णाली,

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८÷७९ मा रु नौ लाख मूल्य बढीका म्याद गुजे्रका खाद्य वस्तु नष्ट गरेको छ । 

सो अवधिमा उक्त कार्यालयले दलहन, मिठाइ, पेय पदार्थ, मसला, तेल तथा घ्यू, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, मसला, चिया, कफी, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, नुन, मासु र दाना नष्ट गरेको हो ।

सो अवधिमा उक्त कार्यालयले दलहन, मिठाइ, पेय पदार्थ, मसला, तेल तथा घ्यू, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, मसला, चिया, कफी, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, नुन, मासु र दाना नष्ट गरेको हो ।

कार्यालयले कार्यक्षेत्रअन्तर्गत पर्ने सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, डोल्पा र हुम्लाका विभिन्न बजारबाट रु नौ लाख १० हजार चार सय ६३ मूल्य बराबरका खाद्य वस्तु नष्ट गरेको जनाएको छ । 

डिभिजन कार्यालयले गत आवमा एक सय ३१ पटक बजार अनुगमन गरेको थियो । कार्यालयले खाद्य वस्तुको गुणस्तर जाँच तथा अनुगमनका साथै कारबाहीका लागि प्राविधिक सहयोग गर्ने गर्दछ । उक्त अवधिमा सात उद्योगलाई कारबाही सिफारिस गरिएको थियो । 

कार्यालय प्रमुख भेषबहादुर थापाले बजारमा म्याद गुज्रेका, मिसावट गरेका र सडेगलेका सामानसमेत बिक्री गर्ने गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण ऐनबमोजिम कारबाही गरिएको जानकारी दिनुभयो । 

“पहिलोपटक अखाद्य वस्तु नष्ट गर्ने र व्यवसायीलाई सचेत गराउने गरेका छौँ”, उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा म्याद गुज्रिएका र मिसावट गरिएका अखाद्य वस्तुको बिक्री बढी हुने गरेको पाइयो, अनुगमन बढाएपछि बजारमा केही सुधारका सङ्केत पनि देखिएका छन् ।”