२३ बैशाख, २०८१ आइतबार

07:18:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उद्योगी मोतीलाल दुगडले ३ अर्ब लगानीमा पाँच तारे होटल सञ्चालनमा ल्याउने

Nepal Business

१० साउन, २०७९

उद्योगी मोतीलाल दुगडले ३ अर्ब लगानीमा पाँच तारे होटल सञ्चालनमा ल्याउने

काठमाण्डौं । उद्योगी मोतीलाल दुगडले ३ अर्ब लगानीमा पाँच तारे होटल सञ्चालनमा ल्याउने हुनुभएको छ ।  सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्षसमेत रहेका  दुगडले डेढ विघा क्षेत्रफलमा सपिङ मल, कमर्सियल भवन र मनोरञ्जन पार्क सहितको पाँच तारे होटल सेञ्चुरियन निर्माण गर्न लाग्नुभएको हो । 

विराटनगरमा सञ्चालनमा आउने उक्त होटलको व्यवस्थापन भने अन्तराष्ट्रिय चेन होटड ब्रान्ड रेडिसनले गर्नेछ । होटल सञ्चालनको जिम्मा दिने र लिने सम्बन्धमा सेञ्चुरी ग्रुप र रेडिसन होटल ग्रुपबीच सम्झौता भएको छ ।

सो होटल १८ महिनाभित्र सञ्चालनमा आउने छ । होटलसँगै हुने मलमा केएफसी तथा पिज्जा हट लगायतका ब्राण्डहरु पनि उपलब्ध हुने छन् । विराटनगर विमानस्थलबाट ४.२ किलोमिटर टाढा र भारतको जोगवनी नाकाबाट १५ मिनेटको दूरीमा आईपुग्न सकिने स्थानमा होटल सञ्चालनमा आउने छ । 

होटलमा १४० कोठा, स्वीमिङ पुल, जीम, स्पा, १० हजार स्वायर फिटको विशेष रेष्टुराँ तथा ब्याङ्क्वेट, क्यासिनो समेत रहने छन् ।