९ मंसिर, २०८१ आइतबार

05:45:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल सम्पत्ति शुद्धिकरणको कालोसूचीमा पर्न सक्ने जोखिम बढेको छः महामन्त्री थापा

Nepal Business

१० साउन, २०७९

नेपाल सम्पत्ति शुद्धिकरणको कालोसूचीमा पर्न सक्ने जोखिम बढेको छः महामन्त्री थापा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाल सम्पत्ति शुद्धिकरणको कालोसूचीमा पर्न सक्ने जोखिम बढेको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको पनि शसपटक अवस्था गम्भीर रहेको बताउनुभएको हो । 

उहाँले वर्तमान अवस्थाबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग गर्नुभएको छ । फाइनान्सियल एक्सन टाक्स फोर्स अन्तर्गतको एशिया प्यासिफिक ग्रुप अफ मनी लन्डिरिङले आगामी अक्टोबर र नोभेम्बरमा मूल्यांकन गर्ने भदै उहाँले विगतमा नेपाल कालोसूचीमा पर्नबाट जोगिएको पनि यसपटक कालोसूचीमा पर्ने जोखिम बढेको बताउनुभयो । 

उहाँका अनुसार सम्पत्ति शुद्धिकरण सम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसदमा जानकारी गराउनु पर्छ । 

सम्पत्ति शुद्धिकरण सम्बन्धी मूल्यांकन हाम्रो कानूनी व्यवस्था, यसको कार्यान्वयन र यसको प्रभावकारिताका आधारमा गरिने भन्दै उहाँले सम्पत्ति शुद्धिकरण सम्बन्धी पर्याप्त कानून नबनिसकेको, बनेको कानूनको पनि प्रभावकारी रुपमा कार्यान्वयन नभएको, व्यापकर कर छली, बढ्दो भ्रष्टाचार र अपराधिकरणको कारणले गर्दा हाम्रो समष्टिगत मूल्यांकन अति जोखिमपूर्ण अवस्थामा भएको विज्ञहरुले बताइरहेको बताउनुभयो । 

नेपाल कालोसूचीमा पर्यो भने विप्रेषण र आयातमा निर्भर नेपालको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने र एलसी खोल्न नपाइने उहाँले बताउनुभयो ।