२३ बैशाख, २०८१ आइतबार

06:09:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बङ्गलादेशमा पर्यटन प्रवद्र्धन, नेपालका पर्यटकीय क्षेत्रका तस्वीर प्रदर्शन

Nepal Business

१० साउन, २०७९

‘अमेजिङ नेपाल’ नाम दिएर आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटकीय क्षेत्रका दुई दर्जनभन्दा बढी तस्वीरहरु प्रदर्शन गरिएको थियो ।

बङ्गलादेशमा पर्यटन प्रवद्र्धन, नेपालका पर्यटकीय क्षेत्रका तस्वीर प्रदर्शन

बंगदादेश 
राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजत महोत्सवका अबसरमा मुलुकको पर्यटन प्रवद्र्धमा गर्ने उद्देश्यले  बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ । 

समूहका अध्यक्ष तथा नेपालका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जाऊँ भनी सन्देश प्रवाह गर्नुभएको छ । उहाँहरुले नेपाल आकर्षिक पर्यटकीय क्षेत्र रहेकाले घुमेर मनोरञ्जन लिन आह्वानसमेत गर्नुभएको थियो । 

समूहका अध्यक्ष तथा नेपालका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जाऊँ भनी सन्देश प्रवाह गर्नुभएको छ । उहाँहरुले नेपाल आकर्षिक पर्यटकीय क्षेत्र रहेकाले घुमेर मनोरञ्जन लिन आह्वानसमेत गर्नुभएको थियो । 

‘अमेजिङ नेपाल’ नाम दिएर आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटकीय क्षेत्रका दुई दर्जनभन्दा बढी तस्वीरहरु प्रदर्शन गरिएको थियो ।

समूहका अध्यक्ष वन्तले समूह स्थापनाको २५ वर्ष पुगेको अबसरमा वार्षिक रुपमा विविध कार्यक्रम गरी मनाउने क्रममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ढाकामा फोटो प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।

समूहले बङ्गलादेशको फोटो जर्नालिष्ट एसोसिएशनसँगको समन्वयमा उक्त कार्यक्रम गरेको हो ।

समारोहमा बङ्गलादेश फोटो जर्नालिष्ट एसोसिएशन ढाकाका अध्यक्ष सोहेल हैदर, सचिव अख्तर अहमद तथा संस्थापक सदस्य वरिष्ठ पत्रकार काजी रौनक हुसेन लगायतका पत्रकारहरुको सहभागिता थियो । 

कार्यक्रममा अध्यक्ष हैदरले नेपाल र बङ्गलादेशबीच दशकौँदेखि सम्बन्ध प्रगाढ रहेको र यस्ता कार्यक्रमले सम्बन्ध थप बलियो बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले दुवै देशमा यस्ता कार्यक्रम निरन्तर रुपमा हुनुपर्नेमा जोड दिनुभयो । 

नेपालको राष्ट्रिय फोटो पत्रकार समूह र बङ्गदालेश फोटो जर्नालिष्ट एसोसिएशनबीच भाइचारा सम्बन्ध कायम रहेको र सामूहिक रुपमा विभिन्न कार्यक्रहरु आयोजना हुँदै आएको छ ।
 
समूहको रजत महोत्सवका अबसरमा समूहले वर्षभरि नै विभिन्न कार्यक्रम गर्ने अध्यक्ष वन्तले जानकारी दिनुभयो । रासस