६ बैशाख, २०८१ बिहिबार

10:55:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कन्सुलर कर्प्सको डिनमा दिनेश श्रेष्ठ, कर्प्सका गतिविधिलाई प्रभावकारी बनाइने

Nepal Business

१० साउन, २०७९

राजधानीमा आयोजित कर्प्सको १५ औं वार्षिक साधारणसभा एवं स्थापना दिवसको अवसरमा श्रेष्ठलाई सन् २०२२–२३ का लागि डिनमा निर्विरोध निर्वाचित गरिएको हो ।

कन्सुलर कर्प्सको डिनमा दिनेश श्रेष्ठ, कर्प्सका गतिविधिलाई प्रभावकारी बनाइने

काठमाडौं । 
अनोररी कन्सुलर कर्प्स नेपालको डिनमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ यूरोपेली मुलुक माल्टाका लागि नेपाली कन्सुलर हुन । कन्सुलर कर्प्स नेपालमा रहेका विभिन्न मुलुकका वाणिज्य दूतहरुको छाता संस्था हो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ यूरोपेली मुलुक माल्टाका लागि नेपाली कन्सुलर हुन ।

कन्सुलर कर्प्स नेपालमा रहेका विभिन्न मुलुकका वाणिज्य दूतहरुको छाता संस्था हो ।

आइतबार राजधानीमा आयोजित कर्प्सको १५ औं वार्षिक साधारणसभा एवं स्थापना दिवसको अवसरमा श्रेष्ठलाई सन् २०२२–२३ का लागि डिनमा निर्विरोध निर्वाचित गरिएको हो ।

हाल नेपालमा संसारका ५५ देशका प्रतिनिधिका रुपमा कन्सुलरहरुले जिम्मेवारी सम्हालिरहेका छन् ।

नेपालस्थित कन्सुलरबाट सम्बन्धित देशसँगको कुटनीतिक सम्बन्ध, उद्योग, व्यापार व्यवसाय, कला संस्कृति, रहनसहन, भेषभुषा, शिक्षा, स्वास्थ्य, प्रविधिजस्ता विषयमा काम हुँदै आएको छ ।

सम्बन्धित मुलुकसँग सिधा सम्पर्क र नजिक रहेर ति मुलुकहरुको प्रवद्र्धन र सम्बद्र्धनका निम्ति काम गरिरहेको कर्प्सले जनाएको छ ।

कर्प्सले दुई देशीय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम रहेको भन्दै आगामी दिनमा कर्प्सका गतिविधिलाई अझ सशक्त ढंगबाट अगाडि बढाउने नवनिर्वाचित डिन श्रेष्ठले बताए ।