१९ माघ, २०८१ शनिबार

07:40:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रहरीबाट फिर्ता आयो अर्थको हार्डडिस्क, फुटेज रिकभर भए/नभएको बारे मंगलबार हेरिने

Nepal Business

९ साउन, २०७९

समितिले गत साउन ४ गते केन्द्रीय प्रहरी डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालालाई सीसीटीभी फुटेज रिकभर गरिदिन आग्रह गर्दै अर्थ मन्त्रालयबाट प्राप्त हार्डडिस्क दिएको छ ।

प्रहरीबाट फिर्ता आयो अर्थको हार्डडिस्क, फुटेज रिकभर भए/नभएको बारे मंगलबार हेरिने

काठमाडौं । 

नेपाल प्रहरीको डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको हार्डडिस्क संसदीय छानबिन समितिलाई फिर्ता गरेको छ । 

संसदीय छानबिन समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले प्रहरीले शिलबन्दी गरेर हार्डडिस्क फिर्ता गरेको जानकारी दिनुभयो । 

संसदीय छानबिन समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले प्रहरीले शिलबन्दी गरेर हार्डडिस्क फिर्ता गरेको जानकारी दिनुभयो । 

‘समिति सचिवालयलाई प्रहरीले शिलबन्दी गर्दै लाहाछाप लगाएर हार्ड डिक्स फिर्ता गरेको छ,’ अर्यालले भन्नुभयो, ‘भोलि बिहान ८ बजे बस्ने समितिको बैठकमा उक्त शिल खालेर फुटेज रिकभर भए÷नभएको हेरिन्छ ।’

समितिले गत साउन ४ गते केन्द्रीय प्रहरी डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालालाई सीसीटीभी फुटेज रिकभर गरिदिन आग्रह गर्दै अर्थ मन्त्रालयबाट प्राप्त हार्डडिस्क दिएको छ ।

अर्थ मन्त्रालयले समितिलाई दिएको हार्डडिक्समा असारको मात्रै सीसीटीभी फुटेज भेटिएपछि समितिले हार्डडिक्स रिकभर गर्ने प्रक्रिया शुरु गरेको हो ।

९ दिनसम्म कर्मचारीसँग जानकारी लिनमा केन्द्रित भएको समितिले बुधबार मात्रै केन्द्रीय प्रहरी डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालालाई हार्डडिस्क उपलब्ध गराएको हो । 

तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि अनाधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेको छ । त्यसपछि संसदले छानबिन समिति बनाएको र अथृमन्त्री शर्माले तत्काल राजिनामा दिनुभएको थियो ।