१९ माघ, २०८१ शनिबार

07:50:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिन्धुपाल्चोकका पहिरो पिडितले बल्ल पाए पूर्जा, घर कहिले उभिने त्यो छ चिन्ता

Nepal Business

९ साउन, २०७९

विसं २०७७ भदौमा आएको पहिरोले टक्सारका ५७ घर पहिरोबाट विस्थापित भएकोमा हाल १४ परिवारलाई डाँडागाउँका सुरक्षित स्थानमा घर निर्माण गर्न जग्गाको लालपुर्जा प्रदान गरिएको बाह्रबिसे नगरपालिका प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकका पहिरो पिडितले बल्ल पाए पूर्जा, घर कहिले उभिने त्यो छ चिन्ता

सिन्धुपाल्चोक,
बाह्रबिसे नगरपालिका–७ टक्सारका बाढीपहिरो पीडितलाई सोमबार बल्ला लालपुर्जा वितरण गरिएको छ । 

पहिरो पीडितलाई  बस्ती स्थानान्तरणका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, नगरपालिकाका प्रमुख  बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङले त्यहाँका १४ पहिरो पीडितलाई लालपुर्जा वितरण गर्नुभएको हो ।

पहिरो पीडितलाई  बस्ती स्थानान्तरणका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, नगरपालिकाका प्रमुख  बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङले त्यहाँका १४ पहिरो पीडितलाई लालपुर्जा वितरण गर्नुभएको हो ।
 
विसं २०७७ भदौमा आएको पहिरोले टक्सारका ५७ घर पहिरोबाट विस्थापित भएकोमा हाल १४ परिवारलाई डाँडागाउँका सुरक्षित स्थानमा घर निर्माण गर्न जग्गाको लालपुर्जा प्रदान गरिएको बाह्रबिसे नगरपालिका प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
 
अन्य विस्थापितलाई सुरक्षित स्थानमा जग्गा खोजी गरेर लालपुर्जा वितरण गरिने र घर बनाउन असोजमा उनीहरुलाई रकम उपलब्ध गराउने उहाँले बताउनुभयो । 

अब सुरक्षित स्थानमा आवास निर्माण गरी बस्न पाइने आशा पलाएको स्थानीय युधिर पौडेलले विश्वास ब्यक्त गर्नुभयो । 

हालसम्म जिल्लाका १२ स्थानीय तहका विभिन्न स्थानमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिले घर गुमाएका एक हजार ४१ परिवार लाभग्राही कायम भएका छन् । 

पीडितलाई  पुनर्बासका लागि जग्गा खरिद गर्न रु तीन लाख र घर निर्माण गर्न रु पाँच लाख दिइने बताइएको छ ।