१९ माघ, २०८१ शनिबार

07:29:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भोलिदेखि ललितपुरको नख्खु पुल-एकान्तकुना सडक एकतर्फी

९ साउन, २०७९

भोलिदेखि ललितपुरको नख्खु पुल-एकान्तकुना  सडक एकतर्फी

काठमाडौं । ललितपुरको एकान्तकुनाबाट विष्णुदेवी मन्दिरहुँदै नख्खु- भैसेपाटी जाने सडक एकतर्फी बनाइएको छ। बढ्दो सवारी चापलाई ध्यानमा राखेर ललितपुर महानगरपालिकाले साउन १० गते मंगलबारबाट बिहान ८ बजेदेखिर साँझ ८ बजेसम्म नख्खुपुलबाट गायत्री पेट्रोलपम्पहुँदै एकान्तकुनातर्फ आउने सवारी साधनलाई निषेध गरेको छ।

यस्तै ललितपुरको भनिमण्डल चोकबाट नख्खुचोक तिर आउने चार पाङ्ग्रे सवारी साधनलाई पनि निषेध गरेको छ। महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार बढ्दो सवारी चापका कारण एकान्तकुना र नख्खुचोक चौबाटो क्षेत्रमा प्राय दुर्घटना हुने भएकाले उक्त क्षत्रेमा सवारी जाम व्यवस्थापन र दुर्घटना न्यूनिकरणका लागि सानो सडक भएकाले एकतर्फी गरिएको हो।