२७ बैशाख, २०८१ बिहिबार

06:24:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा १९ खर्ब २० अर्बभन्दा बढिको आयात, २ खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात

Nepal Business

९ साउन, २०७९

एक वर्षमा १९ खर्ब २० अर्बभन्दा बढिको आयात, २ खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात

काठमाण्डौं । नेपालले आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख रुपैयाँको वस्तु आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २४.७४ प्रतिशतले बढी आयात हो।

नेपालले अघिल्लो आव २०७७/७८ मा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालले आर्थिक वर्षमा २ खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ४१.७४ प्रतिशत बढीले निर्यात गरेको छ । नेपालले सो वर्ष १ खर्ब ४१ अब १२ करोड ४० लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

यस्तै नेपालले गत वर्ष १९ खर्बको वस्तु आयात गर्दा पेट्रोलियम पदार्थ मात्रै ३ खर्ब २२ अर्ब १ करोड ३० लाख रुपैयाँको आयात गरेको । जुन आयात वस्तुको १६.७६ प्रतिशत हिस्सा हो ।