१९ माघ, २०८१ शनिबार
07:34:33 AM
९ साउन, २०७९
काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाउँस्थित स्काइ वल्र्ड कल सेन्टरमा सोमबार प्रहरीले छापा मारेको छ । प्रहरीले अवैध गतिविधि गरेको आशंकामा उक्त कल सेन्टरमा छापा मारेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा उक्त कल सेन्टरमा छापा मारेको प्रहरीले जनाएको छ । उनिहरुले एक घर भाडामा लिएर कल सेन्टर चलाइरहेका थिए । त्यहाँ २ हजारभन्दा बढी युवा युवतीहरू काम गर्दै आएको पाइएको छ ।
त्यहाँ बसेर उनीहरुले साइबर अपराध गरेको आशंका गरीएको प्रहरीले बताएको छ । आइतबार प्रहरीले चिनियाँ नागरिकले चलाएको भैरहवाको तिलोत्तमा नगरपालिका २ जानकी नगरस्थित ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरमा छापा मारेको थियो ।
छापा मार्ने क्रममा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले एक जना भारतीयसहित ९ जना टिम लिडरहरूलाई पक्राउ गरेको थियो ।