१९ माघ, २०८१ शनिबार
07:53:58 AM
९ साउन, २०७९
काठमाडौं । मेरो जब डटकमले आइपीओ निष्काशन गर्ने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।
एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आईपीओ’ आफ्नो स्थापना कालदेखि नै विभिन्न क्षेत्रका कम्पनीहरुलाई आईपीओ निष्कासनका चरणमा आवश्यक परामर्श सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ ।
सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र कम्पनी बीच निष्कासन तथा विक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । योसँगै मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवा सहित आईपीओ जारी गर्ने चरणमा ल्याई पुर्याएको छ ।
शिक्षित तथा अनुभवी व्यक्तिहरु जो आफ्नो योग्यता तथा क्षमता अनुसारको काम खोजिरहेका हुन्छन्, त्यस्तै विभिन्न रोजगारदाताहरु जसलाई उपयुक्त कर्मचारीहरु चाहिएको हुन्छ, यी दुवै बीचको पुलको रुपमा कार्य गर्ने उदेश्यका साथ २००९ मा मेरो जब डट कम प्रा।लि। हाल मेरो जब लिमिटेडको रुपमा स्थापना भएको हो ।
साथै, कम्पनीले काम खोज्ने व्यक्ति र कर्मचारी खोज्ने संस्थालाई सेवा प्रदान गरिरहेको छ । हाल कम्पनीले वेबसाइटमा करीब १० लाख काम खोजिरहेका व्यक्तिहरु दर्ता भइसकेको र करीब ४० हजार रोजगारदाताहरुले मानव संशाधन व्यवस्थापन सेवाहरु लिदैं आएको बताएको छ ।