२७ बैशाख, २०८१ बिहिबार

07:33:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिबन्धमा पनि अबौंको मदिरा आयात, तीन महिनाम ३ अर्ब ७१ करोड मूल्यको विदेशी मदिरा भित्रियो

Nepal Business

९ साउन, २०७९

प्रतिबन्धमा पनि अबौंको मदिरा आयात, तीन महिनाम ३ अर्ब ७१ करोड मूल्यको विदेशी मदिरा भित्रियो

काठमाण्डौं । नेपालमा साढे तीन महिनामा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा भित्रिएको छ । आर्थिक वर्ष २०७८÷०७९ (साउन २०७८ – असार २०७९) सम्ममा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रिएको हो ।

यस अवधिमा मदिरा आयातमा प्रतिबन्ध लागेको थियो । प्रतिबन्ध लाग्दा पनि अबौंको मदिरा नेपाल भित्रिएको छ । सरकारले २०७८ चैतदेखि सरकारले रक्सी आयातमा प्रतिबन्ध लगाएको छ। 
यो आयात गत वर्षको कुल मदिरा आयातभन्दा एक अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी हो ।

भन्सार विभागले जारी गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापार प्रतिवेदन अनुसार नेपालले यस अवधिमा ६ लाख ७७ हजार ३७१ लिटर विदेशी मदिरा आयातका लागि ३ अर्ब ७१ करोडको १५ लाख १६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गरेको छ ।

यस बापत सरकारले ५ अर्ब ५० करोड ८९ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालले आर्थिक वर्ष ०७७÷०७८ मा २ अर्ब ६५ करोड ७ लाख ११ हजार रुपैयाँको ६१ लाख ५६ हजार ३३८ लिटर मदिरा आयात गरेको थियो ।