१९ माघ, २०८१ शनिबार

07:52:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ हजार दरको ५० थान नेपाली नक्कली नोट सहित एक जना पक्राउ

Nepal Business

९ साउन, २०७९

 १ हजार दरको ५० थान नेपाली नक्कली नोट सहित एक जना पक्राउ

सर्लाही । हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट १ हजार दरको ५० थान नेपाली नक्कली नोट सहित भारत सितामढी सोनवर्षा परछुहिया–९ घर बताउने ४० वर्षीय लालमोहन पासवानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटहरू सहित फेला पारी पक्राउ गरेको हो ।  

प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।