१६ बैशाख, २०८१ आइतबार

04:17:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा नेपालले आयात गर्यो ३८ अर्ब ६ करोड बढीको मोबाइल फोन

९ साउन, २०७९

एक वर्षमा नेपालले आयात गर्यो ३८ अर्ब ६ करोड बढीको मोबाइल फोन

काठमाडौं । एक वर्षमा नेपालले विभिन्न देशबाट ३८ अर्ब रुपैयाँ बढीको मोबाइल फोन आयात गरेको छ । भन्सार विभागका अनुसार नेपालले २०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा विभिन्न देशबाट ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको हो ।

उक्त मूल्यमा नेपालमा ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल सेट आगात भएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७।७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरेको थियो ।

गत आर्थिक वर्षमा नेपालले चीनबाट मात्र २२ अर्ब ७७ करोड ९१ लाख ८९ हजार रुपैयाँको मोबाइल फोन आगात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, बंगलादेश, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र भियतनामबाट आउने गरेका छन् ।