२६ बैशाख, २०८१ बुधबार

11:39:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा नेपालीद्धारा भारतबाट आयात तीन खर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपी ग्यास प्रयोग

Nepal Business

९ साउन, २०७९

एक वर्षमा नेपालीद्धारा भारतबाट आयात तीन खर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपी ग्यास प्रयोग

काठमाण्डौं । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले तीन खर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपी ग्यास प्रयोग गरेको छ । 

भन्सार विभागको तथ्यांक अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कूल ३ खर्ब ५ अर्ब १७ करोड २५ लाख ३३ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास प्रयोग गरेको हो । 

विभागका अनुसार गत आर्थिक वर्ष नेपालले १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख ६८ हजार रुपैयाँको डिजेल, ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार रुपैयाँको पेट्रोल र ६५ अर्ब ५५ करोड ९ लाख ७७ हजार रुपैयाँको एलपी ग्यास भारतबाट आयात गरेको हो । 

अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १ खर्ब ४४ अर्ब ६२ करोड ८० लाख ७३ हजार रुपैयाँ बढीको पेट्रोल, डिजेल र एलपी ग्यास नेपालमा आयात भएको विभागले जनाएको छ ।