२६ बैशाख, २०८१ बुधबार

12:58:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा नेपालमा १९ खर्ब २० अर्ब बढीको वस्तु आयात

९ साउन, २०७९

एक वर्षमा नेपालमा १९ खर्ब २० अर्ब बढीको वस्तु आयात

काठमाडौं । गत आर्थिक वर्ष २०७८।७९ मा नेपालले विभिन्न देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको वस्तुहरु आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तुहरु विभिन्न देशबाट निर्यात गरेको गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७।७८ को तुलनामा गत आर्थिक वर्ष २०७८।७९ मा नेपालको आयात व्यापार २४.७२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष नेपालले विभिन्न देशबाट १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँको वस्तुहरु आयात गरेको थियो । अघिल्लो वर्षभन्दा गत वर्ष नेपालले ३ खर्ब ८० अर्ब ६१ करोड १२ लाख ८१ हजार रुपैयाँ बढीको वस्तु आयात गरेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।