२६ बैशाख, २०८१ बुधबार

07:56:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा उच्च, कति भयो घाटा ?

Nepal Business

९ साउन, २०७९

गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा उच्च, कति भयो घाटा ?

काठमाण्डौं । गत आर्थिक वर्ष २०७८/७९ मा कुल व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ पुगेको छ । यो नेपालको वैदेशिक व्यापार घाटा अहिलेसम्मकै सबैभन्दा बढी हो ।

भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा २३ प्रतिशतले वृद्धि भएको छ ।अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा ३ खर्ब २१ अर्ब ७० करोड ४४ लाख १ हजार रुपैयाँले बढेको छ ।  

भन्सार विभागका अनुसार  अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा नेपालको कुल वैदेशिक व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तु आयात र २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ । गतवर्ष नेपालको कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटा आर्थिक वर्ष २०७६/७७ मा १० खर्ब ९९ अर्ब ८ करोड ९९ लाख ४८ हजार रुपैयाँ, २०७५/७६ मा १३ खर्ब २१ अर्ब ४२ करोड ५८ लाख २२ हजार रुपैयाँ र २०७४/७५ मा ११ खर्ब ६३ अर्ब ७४ करोड ३४ लाख २७ हजार रुपैयाँ रहेको थियो ।