२३ बैशाख, २०८१ आइतबार

07:40:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिक्विन्टल २ हजार ९ सय रुपैयाँमा धान खरिद गर्ने

Nepal Business

२९ पुस, २०७८

धान बिक्री गर्न किसानको भीड

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिक्विन्टल २ हजार ९ सय रुपैयाँमा धान खरिद गर्ने

धनुषा 
सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा किसानको ठूलो भीड लागेको छ ।
मूल्य निर्धारण गरी मङ्गलबारदेखि धान खरिद गर्न टोकन वितरण गर्ने भएपछि धान बिक्री गर्न किसानको भीड बढेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय जनकपुरधामका प्रमुख उपेन्द्र लिम्बूले चालु आर्थिक वर्ष २०७८÷७९ मा कम्पनीले १५ हजार क्विन्टलमात्रै धान खरिद गर्ने जानकारी दिनुभयो । तर गत आव २०७७÷७८ मा यस कम्पनीमा १६ हजार क्विन्टल धान खरिद गरेको थियो ।

कम्पनीले अहिले २ हजार ९ सय रुपैयाँका दरले प्रतिक्विन्टल धान खरिद गर्दैछ भने निजीस्तरको उद्योगमा प्रतिक्विन्टल २ हजार २ सय रुपैयाँ देखि २ हजार ४ सय रुपैयाँ सम्मको दर मात्र दिने भएपछि किसानले आफ्नो धान कम्पनीमा बेच्नका लागि भीड बढेको हो ।

कम्पनीले अहिले २ हजार ९ सय रुपैयाँका दरले प्रतिक्विन्टल धान खरिद गर्दैछ भने निजीस्तरको उद्योगमा प्रतिक्विन्टल २ हजार २ सय रुपैयाँ देखि २ हजार ४ सय रुपैयाँ सम्मको दर मात्र दिने भएपछि किसानले आफ्नो धान कम्पनीमा बेच्नका लागि भीड बढेको हो ।


यता कम्पनीले सीमित परिमाणमा धान खरिद गर्ने भएपछि किसान आफ्नो धान बेच्नका लागि हौसिएका छन् । कम्पनीका प्रमुख लिम्बूले भन्नुभयो “निजीस्तरभन्दा कम्पनीको धानको मूल्य बढी भएको र कम्पनीले सीमित धान मात्रै खरिद गर्ने जानकारी भएपछि टोकन लिन किसानबीच तछाडमछाड भएकोछ । सबै किसानको धान बिक्री गर्ने मौका उपलब्ध हुने उद्देश्यले कम्पनीले यस वर्षप्रति किसानको बढीमा ४० क्विन्टलका दरले खरिद गर्ने नीति लिएको जानकारी उहाँले दिनुभयो । कम्पनीले धान खरिद गर्ने भएपछि धनुषाका ३ सय ५० किसानले मात्रै कम्पनीलाई धान बेच्न सक्ने भएकाले टोकन लिनका लागि अहिले किसानबीच व्यापक भीड बढेको हो ।
प्रमुख लिम्बूले भीड नियन्त्रण गर्न कार्यालय व्यवस्थापनलाई हम्मेहम्मे परेको बताउनु भयो । बुधबार भीड नियन्त्रण गर्नका लागि प्रहरी बोलाउनुपरेको बताउनुभयो । प्रहरी आउन ढिलो भएपछि करिब एक घण्टासम्म कार्यालय परिसर अस्तव्यस्त बनेको थियो ।  जिल्लाका २ सय किसानले टोकन लिइसकेको कार्यालय प्रमुख लिम्बूले बताउनु भयो  ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले व्यापारीको धानमा मिसावट हुने भएको हुँदा प्रत्यक्षरूपमा किसानसँग धान खरिद गर्दा मिसावट नहुने भएकाले बजारको भन्दा बढी मूल्य निर्धारण गरेर किसानलाई हौसला प्रदान गरेको छ । सीमित स्रोतका आधारमा ३ सय ५० बाहेकका किसानका लागि यस वर्ष पनि कुनै व्यवस्था गर्न नसकिने कार्यालयले बताएको छ । गोदामको अभाव, व्यवस्थापन गर्न नसकिने भएकाले कार्यालयले लक्ष्यअनुसारको धानमात्रै खरिद गर्ने गरेको प्रमुख लिम्बूले बताउनु भयो  ।