१९ माघ, २०८१ शनिबार

07:37:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तत्कालीन अध्यक्ष काफ्ले, कार्यालय प्रमुख थापा र प्रोपाइटरहरुसमेत ४ जना विरुद्ध मुद्दा दायर (पूर्णपाठसहित)

Nepal Business

८ साउन, २०७९

तत्कालीन अध्यक्ष काफ्ले, कार्यालय प्रमुख थापा र प्रोपाइटरहरुसमेत ४ जना विरुद्ध मुद्दा दायर (पूर्णपाठसहित)

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा तत्कालीन अध्यक्ष करूणा काफ्ले, कार्यालय प्रमुख तारा बहादुर थापा र प्रोपाइटरहरुसमेत ४ जना विरुद्ध मुद्दा दायर गरेको छ । 

आइतबार आयोगले पाल्पा, खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष करूणा काफ्ले, कार्यालय प्रमुख तारा बहादुर थापा र प्रोपाइटरहरुसमेत ४ जनाउपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालत काठमाण्डौमा आरोप–पत्र दायर गरेको हो । 

आयोगका अनुसार उनीहरुले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ मा उल्लेख भएको प्रावधान विपरीत डिपीआर जस्तो गहन तथा सुक्ष्म अध्ययन हुनुपर्नेमा सो नगरी फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स कमपनीसँग अति संक्षिप्त रुपको परामर्श सेवा खरिद सम्झौता गरेको डिपीआर पेश गरेपछि मात्र भुक्तानी दिनुपर्ने ९ लाख ९० हजार रुपैया डिपीआर नै पेश नगरी आइआर रिर्पोटलाई नै डिपीआर रिर्पोट भनि फिशेन इन्जिनियर्स एण्ड बिल्डर्स कम्पनीका प्रोप्राइटरले पेश गरेको झुठा बिल भरपाईका आधारमा विगो ९ लाख ९० हजार रुपैयाँ जरिवाना कायम गरिएको छ ।