१९ माघ, २०८१ शनिबार
09:52:19 AM
८ साउन, २०७९
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले सिंहदरबारको पश्चिम र दक्षिण गेटका सीसीटीभी फुटेज माग गर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको छानबिन समिति बैठकले बजेट निर्माणको अघिल्लो रात १५ गते सिंहदरबारमा को आएका हुन् भन्ने प्रमाण जुटाउनका लागि दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज माग गरेको हो ।
अर्थ मन्त्रालयले मन्त्रालयको सीसीटीभीको फुटेज १३ दिनपछि आफैं मेटिने बताएपछि समितिले सिंहदरवारकै गेटको फुटेज मगाउने निर्णय गरेको हो । बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरेको विषय बाहिरिएपछि त्यस विषयमा संसदीय समितिले छानबिन गरिरहेको छ ।
छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, र विमला विक छन् । कांग्रेसबाट मानबहादुर विश्वकर्मा र सिताराम महता, माओवादीबाट देवप्रसाद गुरुङ र शक्ति बस्नेत, नेकपा एसबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन् ।