१४ बैशाख, २०८१ शुक्रबार

02:26:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सामाजिक सञ्जाल किन्ने एलन मस्कको प्रस्तावित सम्झौतामा ट्वीटरको ३३ मिलियन डलर खर्च

Nepal Business

८ साउन, २०७९

सामाजिक सञ्जाल किन्ने एलन मस्कको प्रस्तावित सम्झौतामा ट्वीटरको ३३ मिलियन डलर खर्च

एजेन्र्सी । टेस्ला मालिक सामाजिक सञ्जाल किन्ने एलन मस्कको प्रस्तावित सम्झौतामा ट्वीटरले ३३ मिलियन डलर खर्च गरेको जनाएको छ । ट्वीटरले अप्रिल र जुनको बीचमा सामाजिक सञ्जाल किन्ने एलन मस्कको प्रस्तावित सम्झौतामा ३३ मिलियन डलर खर्च गरेको जनाएको हो । 

मस्कले हालसालै ट्वीटरसँगको सम्झौता परिवर्तन गर्ने इच्छा देखाउनुभएको थियो । तर ट्वीटर पूर्ववत सम्झौताअनुसार अगाडि बढ्न चाहन्छ । तसर्थ, दुई पक्षबीच मतभेद बढ्दा यो विषय अदालतसम्म पुगेको छ ।

सन् २०२२ को अप्रिलदेखि जुनसम्म सक्रीय प्रयोगकर्ताको संख्या २३७ मिलियन पुगेको तर २७० मिलियन नै कुल घाटा भएको कम्पनीले जनाएको छ । मस्क सम्झौताबाट पछि हट्दा १ अर्ब डलर टर्मिनेसन शुल्कको जोखिम रहेको बीबीसीले जनाएको छ ।