१९ माघ, २०८१ शनिबार
09:40:10 AM
८ साउन, २०७९
काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ । भक्तपुरको भक्तपुर नगरपालिका १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको हो ।
काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई सल्लाको रुख ढलेर च्याप्दा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासी घर भएका २३ वर्षीय विशेष खर्बुजा छन् । अरु दुई जनाको परिचय खुलेको छैन । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ । घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको छ ।