२३ बैशाख, २०८१ आइतबार

03:17:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

८ साउन, २०७९

सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ ।  मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, नेपाल पर्यटन बोर्ड तथा अन्य सम्बन्धित मन्त्रालयको सहयोगमा ३ महिनाभित्र आवश्यक तयारी अघि बढाइने मन्त्रालयको भनाइ छ ।  मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने भएको छ ।

कोरोना महामारीका कारण सन् २०२० को नेपाल भ्रमण वर्ष स्थगित गरिएको थियो । सन् २०२० मा नेपालमा २० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको थियो ।