२३ बैशाख, २०८१ आइतबार

07:01:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रदेशको नामकरण चालु अधिवेशनबाटै गर्ने सर्वदलीय सहमति

Nepal Business

६ साउन, २०७९

मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभामा प्रक्रियामा लैजानुअघि निरन्तर छलफल गर्नुपर्ने दलहरुको निष्कर्ष रहेको सञ्चारकर्मीहरुलाई बताउनुभयो ।

प्रदेशको नामकरण चालु अधिवेशनबाटै गर्ने सर्वदलीय सहमति

प्रदेश नं १,
प्रदेश नं १ को नामकरण चालु अधिवेशनबाटै गर्न सबै दलहरुबीच सहमति भएको छ । 

सभामुख प्रदीपकुमार भण्डारीद्वारा नामकरणका सम्बन्धमा शुक्रबार आयोजित सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुबीच संसद्को चालु अधिवेशनबाटै प्रदेशको नामकरण गर्न सहमति भएको नेताहरुले जानकारी दिनुभयो ।

सभामुख प्रदीपकुमार भण्डारीद्वारा नामकरणका सम्बन्धमा शुक्रबार आयोजित सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुबीच संसद्को चालु अधिवेशनबाटै प्रदेशको नामकरण गर्न सहमति भएको नेताहरुले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख भण्डारीले सहमतिबाटै नाम राख्न दलहरु सहमत भएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा यसरी नै छलफल जारी राख्ने सहमति भएको बताउनुभयो । 

मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभामा प्रक्रियामा लैजानुअघि निरन्तर छलफल गर्नुपर्ने दलहरुको निष्कर्ष रहेको सञ्चारकर्मीहरुलाई बताउनुभयो । 

उहाँले दलहरुले यसअघि प्रस्ताव गरेका नामको अडान छाडेर लचकता देखाउनुपर्ने विषयमा छलफल बढी केन्द्रित भएको जानकारी दिनुभयो । 

मुख्यमन्त्री राईले आजको बैठक सकारात्मक रहेको भन्दै आगामी दिनमा सबै दलहरुले आन्तरिकरूपमा पार्टीभित्र समेत छलफल गर्ने सहमति भएको जानकारी दिनुभयो ।