५ जेठ, २०८१ शनिबार

08:48:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बेनी नगरपालिकामा १० योजनाका लागि ८० लाख विनियोजन

२९ पुस, २०७८

बेनी नगरपालिकामा  १० योजनाका लागि ८० लाख विनियोजन

म्याग्दी
बेनी नगरपालिकाको १०औँ नगरसभाबाट चालु आर्थिक वर्ष २०७८–७९ का लागि वडास्तरमा १० योजना थपिएका छन् । यसअघि गत असारमा सम्पन्न सभाबाट ३०८ वटा पूर्वाधारसम्बन्धी योजना र १६२ वटा कार्यक्रमका लागि  २३ करोड २६ लाख ८५ हजार विनियोजन गरिएको थियो । दश योजनाका लागि रु ८० लाख विनियोजन गर्ने र १२ योजना संशोधन गर्ने प्रस्ताव नगरसभाले पारित गरेको छ ।

दशवटै वडामा ८. ८ लाखका दरले एक–एक योजनाका लागि बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनु भयो । वडा समितिले सिफारिस गरेका आठ तथा प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक विकासतर्फ दुई–दुई योजना संशोधन भएका छन् ।
सभाले बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न  १० लाख विनियोजन गरेको छ ।

चालुतर्फको ४५ करोड ८१ लख १० हजार र पूँजीगततर्फको २४ करोड ९६ लाख ६१ हजार संशोधित बजेट पारित गरेको छ । हालसम्म चालुतर्फको  १६ करोड ८५ लाख चार हजार (३७.८५) र पूँजीगततर्फ  २ करोड ९५ लाख ३५ हजार (१२.४८) प्रतिशत बजेट खर्च भएको प्रगति विवरण नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनु भयो ।

यस वर्ष बजेट विनियोजन भएकामध्ये ३० योजना सम्पन्न र ४३ सम्झौता भइसकेका तथा अन्य कार्यान्वयनको चरणमा छन् । कूल ४ करोड १२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको बेनी नगरपालिकाले पुस २५ गतेसम्म १ करोड ६९ लाख २९ हजार (४१.०९) प्रतिशत राजस्व सङ्कलन गरेको छ । २ लाखभन्दा कम बजेटका योजना वडामै सम्झौता, १० लाखभन्दा कम बजेटका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना निर्माण व्यवसायीमार्फत कार्यान्वयन गर्ने नीति नगरपालिकाले लिएको छ ।
नगरपालिकाले सडक, सिँचाइ, खानेपानी, नदी तथा पहिरो नियन्त्रण, पदमार्ग र भवन निर्माणसम्बन्धी आयोजनालाई प्राथमिकता दिएको छ । रावण उद्यान, खुलामञ्च विस्तार, गलेश्वर–गिठिनी–पात्लेखेत सडक, अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक, कालीपुल बसपार्क, गौस्वारा तमाने खानेपानी योजना, एकीकृत जामुनाखर्क खानेपानी, खबरा खानेपानी योजना, क्याम्पस चोक तथा मङ्गलाघाट भलबाढी नियन्त्रण र तातोपानी कुण्ड व्यवस्थापन तथा प्राकृतिक चिकित्सालय सञ्चालन नगरपालिकाका गौरवका आयोजना गरेको हो । 
आवधिक योजना बनाएको र मध्यकालीन खर्च योजना तर्जुमाको क्रममा रहेको बेनी नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका ११ मुद्दामध्ये दुई फस््र्योट भएका छन् । नगरपालिकाका १९ हजार ८०८ जनालाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । विपद्का कारण क्षति पुगेका ५७ परिवारलाई  ३२ लाख राहत वितरण गरिएको छ ।
रासस