१९ माघ, २०८१ शनिबार

09:51:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

Nepal Business

६ साउन, २०७९

हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

महोत्तरी  । पिपरा गाउँपालिका–५ बस्ने ५६ वर्षीय राम बहादुर दासको हत्यामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका–४ बस्ने ४५ वर्षीय रामनाथ दासलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पिपरा गाउँपालिका–५ स्थित सहोडवा र एकरैया जाने बाटो नजिक रहेको आँप बगैचामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा राम बहादुर दासको शव फेला परेको थियो ।

घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय सहोरवा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा रामनाथ दासको संलग्नता रहेको खुल्न आएपछि उनलाई १ थान फोरुवा (कोदालो)सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।