१९ माघ, २०८१ शनिबार

09:52:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यति एयरलायन्सको २ अर्ब ७४ करोड ३० लाख रुपैयाँ आम्दानी

Nepal Business

६ साउन, २०७९

यति एयरलायन्सको २ अर्ब ७४ करोड ३० लाख रुपैयाँ आम्दानी

काठमाडौं । सन् २०२२ को ९ महिनाको अवधिमा यति एयरलायन्सले २ अर्ब ७४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार ९ महिनाको अवधिमा आम्दानी गरेकोमध्ये तीन वटा रुट विराटनगर, भैरहवा र पोखराको हिस्सा ६२ प्रतिशत छ ।

सन् २०२१ मा आम्दानीमा यी रुटको हिस्सा ४९ प्रतिशत थियो । कम्पनीले उक्त वर्ष १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । एयरलाइन्सले सन् २०२० मा २ अर्ब ६६ करोड, २०१९ मा ३ अर्ब ४३ करोड र २०१८ मा ३ अर्ब १३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको तथ्यांकमा उल्लेख छ ।

यस्तै ९ महिनाको अवधिमा औसतमा मासिक ३० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको भनाइ छ । सन् २०१९ मा कम्पनीले मासिक औसत आम्दानी २८ करोड ६० लाख रुपैयाँ थियो । सोही अवधिमा २३ प्रतिशतले नाफा बढाएको छ । २०१९ मा १९ प्रतिशतले कम नाफा कमाएको थियो ।

कम्पनीलाई अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि २ अर्ब ४७ करोड रुपैयाँको रेटिङ दिएको छ । जसमा अल्पकालीन कर्जाका लागि १ अर्ब २१ करोड ९१ लाख रुपैयाँ अर्थात् एफोर र दीर्घकालीन कर्जाका लागि ८० करोड २१ लाख रुपैयाँ अर्थात् एलबी प्लसको रेटिङ दिएको छ ।

साथै, कम्पनीले अल्पकालीन कर्जाका लागि ३ करोड ८३ लाख अमेरिकी डलर रुपैयाँको रेटिङ गराएको छ ।

थामसेर्कु ग्रुपद्धारा सञ्चालित सो कम्पनीले विगत २० वर्षदेखि पर्यटन क्षेत्रमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उड्डयन, एड्भेन्चर ट्राभल, ट्रेकिङ, होटल÷लज र ट्राभल एजैन्सीको काम गर्दै आएका छन् ।

आन्तरिक बजारमा २५ प्रतिशत हिस्सा रहेको कम्पनीले कोरोना महामारीका कारण दुई वर्षदेखि थलिएको एयरलायन्स कम्पनीले सन् २०२२ बाट भने गति लिएको जनाएको छ । कम्पनीले ५ वटा एटीआर ७२–५०० को विमान सञ्चालन गर्दै आएको छ ।