२५ बैशाख, २०८१ मंगलबार

02:11:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सामसङले ल्यायो ग्यालेक्सी एस २१ एफई फाइभजी

२९ पुस, २०७८

सामसङले ल्यायो ग्यालेक्सी एस २१ एफई फाइभजी

काठमाण्डौं

सामसङले २०२२ को आफ्नो पहिलो प्रमुख ग्यालेक्सी उत्पादन एस २१ एफई ५ जी प्रस्तुत गरेको छ । ग्यालेक्सी एस २१ का प्रिमियम गुणहरुको भरपूर शक्ति भएको ग्यालेक्सी एस २१ एफइ ५जि नयनाभिराम डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमताका साथ उपलब्ध गरेको छ ।

सामसङ मोबाइल नेपालका बिजिनेस प्रमुख  प्रणय रत्न स्थापितले भन्नुभयो, ‘ग्यालेक्सी एस२० एफईप्रति दर्शाइएको अभूतपूर्व प्रेमलाई देखे पश्चात् हामीले ग्यालेक्सी एस२१ एफई ५जीका साथ त्यही विरासतलाई अघि बढाएका छौँ, जुन महानतम अनुभव प्रदान गर्नका लागि तयार पारिएको हो  ।’ 

सर्वोत्तम श्रेणीको त्रि–क्यामरा, ६.४ इन्चको एफएचडीका साथै अद्वितीय एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस दर एवं शक्तिशाली प्रोसेसरयुक्त ग्यालेक्सी एस२१ एफइ ५जीले युवा ग्राहकहरुका लागि हरेक दिन अभूतपूर्व बनाउने उहाँको  दाबी छ ।

उच्च श्रेणीको क्यामराग्यालेक्सी एस२१ एफइ ५जिमा सर्वोत्तम श्रेणीको तीनवटा क्यामरा जडान गरिएको छ । यसको पृष्ठभागमा उच्चतम श्रेणीको १२ एमपी (युडब्लु) +१२ एमपि (डब्लु) +८ एमपी (टेलि) क्यामरा रहेका छन्, जसबाट चहकिलो एवं अद्भुत फोटोहरु खिच्न सकिन्छ । अल्ट्रा वाइड लेन्सले स–विस्तार सबैलाई एउटै फ्रेममा समेटिदिन्छ ।

यसैगरी ३२ एमपी क्षमताको अग्र क्यामराको सहायताले अद्भुत नयनाभिराम सेल्फीहरु खिच्न सकिन्छ । प्रो–श्रेणीको क्यामरा प्रणालीमा अभूतपूर्व अनुभव दिलाउने दोहोरो रेकर्डिङ्ग, पोर्टेट मोड, विस्तारित रात्री मोड र ३० गुणासम्म नजिक जूम सुविधाहरु रहेका छन् । उच्च श्रेणीको पावरहाउस ग्यालेक्सी एस२१ एफइ ५जिमा सुन्दर ६.४ इन्चको एफएचडि प्लस डाइनामिक एमोलेड २ डिस्प्ले रहेको छ ।

अत्यन्त सजिलो १२० हर्ज रिफ्रेस दर, २४० हर्ज टच स्याम्प्लिङ्ग दरयुक्त छ र यसका साथै यसमा अद्वितीय एवं सिल्की सजिलो स्क्रोलिङ्ग अनुभवको लागि एआइमा आधारित ब्लु लाइट नियन्त्रण छ जसले आँखालाई बिझाउन दिँदैन ।  ५एनएम एक्जिनस २१०० प्रोसेसर र ४५०० एमएएच ब्याट्री भएको ग्यालेक्सी एस २१ एफइ ५ जिले अधिकतम उच्च गति र निर्वाध कार्य क्षमताको सुनिश्चितता प्रदान गरेको कम्पनीले जानकारी दिएको छ ।

यो ताररहित पावर शेयर र ताररहित छिटो चार्ज हुने २.० का साथ उपलब्ध छ र यसले २५ वाट तीव्र चार्जलाई साथ दिन्छ । आइपि ६८ रेटिङ्गले स्मार्टफोनलाई धुलो र पानी प्रतिरोधक बनाएको छ । ग्यालेक्सी एस२१ एफइ ५ जि दिनभर चल्ने ब्याट्री, ५ जि र वाइफाइ ६ सम्पर्क क्षमताका साथ उच्चतम शक्ति, गति र  कार्य क्षमतासहित उपलब्ध छ ।

मेमोरीका प्रकारहरु, मूल्य र उपलब्धता ग्यालेक्सी एस२१ एफइ ५ जि ग्राफाइट, लाभेन्डर, र अलीभ गरी तीन रङमा उपलब्ध छ । ग्राहकहरुले ग्यालेक्सी एस२१ एफइ ५जिको ८+२५६ जीबी भ्यारियन्ट ८९ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । यो फोन सामसङका सीमित ब्राण्ड स्टोर तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिनेछ ।