१९ माघ, २०८१ शनिबार

09:31:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली श्रमिकको सुरक्षाबारे नवनियुक्त राजदूतसँग चासो व्यक्त

Nepal Business

५ साउन, २०७९

उहाँले नेपाली श्रमिकको कामको सुनिश्चितता र सुरक्षाका विषयमा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

नेपाली श्रमिकको सुरक्षाबारे नवनियुक्त राजदूतसँग चासो व्यक्त

काठमाडौँ,

श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले साउदी अरेबिया र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूतसँग वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्नुभएको छ । 

मन्त्री कुँवरले विहिबार साउदी अरेबियाका लागि नेपाली राजदूत नवराज सुवेदी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई मन्त्रालयमा बोलाएर वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्दै आएका समस्याका बारेमा छलफल गर्नुभएको हो । 

मन्त्री कुँवरले विहिबार साउदी अरेबियाका लागि नेपाली राजदूत नवराज सुवेदी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई मन्त्रालयमा बोलाएर वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्दै आएका समस्याका बारेमा छलफल गर्नुभएको हो । 

उहाँले नेपाली श्रमिकको कामको सुनिश्चितता र सुरक्षाका विषयमा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

 “यहाँबाट जाने कामदारले उता भनेअनुसार काम नपाउने गुनासा धेरै सुनिन्छन् । पठाउने व्यक्ति वा कम्पनीले उनीहरुलाई ठग्ने गरेका कारण बिचल्लीमा परेका घटना आइरहन्छन्, यसबारे विशेष ध्यान दिन म आग्रह गर्न चाहन्छु”, मन्त्री कुँवरले भन्नुभयो ।