९ मंसिर, २०८१ आइतबार

05:25:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालको समृद्धिको यात्रा साझेदार बन्न प्रधानमन्त्रीको आग्रह

Nepal Business

५ साउन, २०७९

यसबाट स्वदेशी एवं प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गरी दिगो र समावेशी आर्थिक विस्तारको आधार तयार गर्ने विश्वास लिइएको छ ।

नेपालको समृद्धिको यात्रा साझेदार बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, 

प्रधानमन्त्री शेरबहादुर देउवासँग वल्र्ड एसोसियसन अफ पब्लिक प्राइभेट पार्टनरसीप युनिट एण्ड प्रोफेसनल्स (डब्लुएपिपिपी) का प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

डब्लुएपिपिपीका अध्यक्ष जियाद अलेक्जेन्डर हायेकसहित तीन जनाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेको हो ।

डब्लुएपिपिपीका अध्यक्ष जियाद अलेक्जेन्डर हायेकसहित तीन जनाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेको हो ।

भेटमा सार्वजनिक–निजी साझेदारी (पिपिपी)मार्फत पूर्वाधार तथा अन्य व्यावसायिक सम्भाव्यता भएका परियोजना कार्यान्वयन गरी सरकारको सेवा प्रवाहलाई अझै चुस्त र गुणस्तरीय बनाउन सकिनेबारे छलफल भएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

यसबाट स्वदेशी एवं प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गरी दिगो र समावेशी आर्थिक विस्तारको आधार तयार गर्ने विश्वास लिइएको छ ।  

पिपिपी तथा लगानीसम्बन्धी कानूनी र संस्थागत व्यवस्थामार्फत नेपालले सार्वजनिक–निजी साझेदारीमार्फत् स्रोतको खाडल पूर्ति गरी आर्थिक विकासको लाभ हासिल गर्न गरिरहेको प्रयासको प्रशंसा गर्दै उक्त प्रतिनिधिमण्डलले नेपालले पिपिपीअन्तर्गत लगानी सहजीकरणमा प्रतिस्पर्धी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको लगानी बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।