१९ माघ, २०८१ शनिबार

09:42:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘इन्टर्न’ माथिको शोषण रोक्न जिफन्टले अभियान चलाउने

Nepal Business

५ साउन, २०७९

इन्टर्नलाई पनि ज्याला दिनु पर्दछ भन्ने अभियान जिफन्टले सुरु गर्ने, यसले प्रतिफलपूर्ण रोजगारीको विषयलाई अगाडि बढाउने

‘इन्टर्न’ माथिको शोषण रोक्न जिफन्टले अभियान चलाउने

काठमाडौँ,

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले इन्टर्न (तालिमे) को नाममा श्रमिकमाथि शोषण भइरहेको भन्दै यसका विरुद्धमा अभियान चलाउने भएको छ । 

जिफन्टले आठौँ महाधिवेशनपछि सञ्चालन गर्ने एउटा मुख्य अभियान यसलाई नै बनाउने भएको हो । यसले श्रम बजारमा भइरहेको एउटा शोषणको अन्त्य हुने जिफन्टको निश्कर्ष छ । 

जिफन्टले आठौँ महाधिवेशनपछि सञ्चालन गर्ने एउटा मुख्य अभियान यसलाई नै बनाउने भएको हो । यसले श्रम बजारमा भइरहेको एउटा शोषणको अन्त्य हुने जिफन्टको निश्कर्ष छ । 

जिफन्टको यही साउन ७ गतेदेखि १० गतेसम्म हुने आठौँ राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले इन्टर्नका नाममा विनापैसा काममा लगाउने मात्र नभई कतिपय प्रतिष्ठानमा उल्टै शुल्क असुल्नु गम्भीर श्रम शोषण भएको बताउनुभयो । 

उहाँले इन्टर्नलाई पनि ज्याला दिनु पर्दछ भन्ने अभियान जिफन्टले सुरु गर्ने जानकारी दिँदै यसले प्रतिफलपूर्ण रोजगारीको विषयलाई अगाडि बढाउने बताउनुभयो ।