१९ माघ, २०८१ शनिबार
10:49:11 AM
५ साउन, २०७९
काठमाडौं । नेपाल वायुसेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई तिर्नुपर्ने दायित्व अन्तर्गत किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ ऋण तिरेको छ ।
निगमले सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरेको हो ।
यस्तै नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरका कारणले विश्व अर्थतन्त्र नै धराशायी भएको समयमा निगम पनि त्यसबाट बच्न सकेन । जसका कारणले निगमले ऋण तिर्न सकेको अवस्था नरहेको निगमले जनाएको छ ।
निगमका अनुसार पछिल्लो समय कोरोना रोकथामका लागि स्वास्थ्य मापदण्ड बनेपछि अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दरमा सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासँगै आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएको कारण किस्ता तिर्न सहज भएको हो ।